हिमालयन एभरेष्ट इन्स्योरेन्स डेपुटी सिइओ गौतमले दिए राजिनामा

२०८० फाल्गुन ५, शनिबार

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) कमल गौतमले राजिनामा दिएका छन् ।साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज हुनु अघि गौतम एभरेष्टका सिईओ थिए ।

गौतमले बुधबार नै राजिनामा दिएका छन् । उनको राजिनामा शुक्रबार स्वीकृत भएको छ । गौतमले हिमालय इन्स्योरेन्समा १८ महिना डेपुटी सिइओको रुपमा काम गरेपछि राजिनामा दिएका हुन् । उनले आफ्नो कार्यकाल सकिन डेढ वर्ष बाँकी हुँदा नै राजिनामा दिएका छन् । नेपाल ग्रिन्डलैज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका गौतमको तीन दशक लामो बैंकिङ अनुभव समेत छ । गौतमले हिमालयन बैंक, एनआईसी एसिया, एनबि र सनराइज बैंक हुँदै इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको सिइओ पनि बनेका थिए ।

उनले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक एनसीसीमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी पनि सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार