जीबी राई सिंगापुरबाट पक्राउ परेको हल्ला, प्रहरीलाई छैन जानकारी

२०८० फाल्गुन २४, बिहीबार

काठमाडौँ : देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) पक्राउ परेको हल्ला चलाइएको छ।

मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको बताइएको छ। प्रहरी महानिरीक्षक वसन्त कुवरले भने राई पक्राउ परेको आफूलाई जानकारी नभएको र त्यसको पुष्टि गर्न लागि परेको बताएका छन्। रेड नोटिस जारी भएका व्यक्ति पक्राउ गर्दाका बखत सम्बन्धित देशले रेड नोटिस जारी गर्ने प्रहरी कार्यालयलाई पक्राउ गर्नुको आधार र कारण माग्दछ। जीबी राईको हकमा नेपाल प्रहरीसँग पक्राउ परेको भनिएको देश सिंगापुरले आज बिहानसम्म कुनै आधार कारण मागेको छैन।

‘व्यक्ति लोकेट भइसकेपछि पक्राउ पर्नुको कारण के हो भनेर सोध्ने गर्दछ नेपाल प्रहरीलाई योबारे जानकारी छैन,’ प्रहरी प्रधान कार्यालयको श्रोतले भन्यो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार