जनताले पात्रमा मात्र होइन परिस्थितिमा पनि परिवर्तन खोजेको हो : रघुजी पन्त

२०८० फाल्गुन २४, बिहीबार

काठमाडौँ : नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई जनजीविकाको सवालमा केन्द्रित भएर काम गर्न सुझाव दिएका छन् । उनले बिहीबार प्रतिनिधिसभा बैठकमा व्यङ्गात्मक शैलीमा भने, ‘कर्लाली, कालिकोटका जनता सुन किन्न लाइन लाग्न परेको समाचार सुन्न पाए कस्तो हुन्थ्यो होला, तर नुन किन्न लाइन लागेको समाचार आएको छ ।’

उनले नुन किन्न कर्णालीका जनता लाइन लाग्न नपर्ने अवस्था आएमात्र सरकार फेरिएको अनुभूति हुने प्रस्ट पारे । ‘जनताले पात्रमा मात्र होइन, परिस्थतिमा पनि परिवर्तन खोजेको हो, सरकारले हेक्का राखेर काम गरोस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार