राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा सिटौला

२०८० फाल्गुन २६, शनिबार

काठमाडौँ : नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत भएका छन् ।

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् । निजी सचिव केशवराज जोशी देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार