काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् ।
चौधरी भन्छन्–’सन्दर्भ: घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो,जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।’ उनले पार्टी अध्यक्षसमेत रहेकी श्रीमती रञ्जितालाई सम्बोभन गर्दै भनेका छन् -‘मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ,तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न ।’






