हाम्रो वैभवशाली संस्कृति विश्वकै लागि आकर्षक छ: राष्ट्रपति पौडेल

२०८० फाल्गुन ३०, बुधबार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पुनर्निर्मित बालकुमारी मन्दिरको उद्घाटन गरेका छन्। बुधबार बिहान मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको संस्कृति, सुन्दर प्रकृति र सम्पदाको वैभव विश्वकै लागि आकर्षक रहेको बताए।

यो वैभवशाली सम्पदाको संरक्षण गर्न जरुरी रहेको उनले बताए। काठमाडौं, भक्तपुर र कीर्तिपुर कला र संस्कृतिको लागि धनी र वैभवशाली रहेको राष्ट्रपति पौडेलको भनाइ थियो।

‘कान्तिपुर, पाटन, कीर्तिपुर र भक्तपुर कला र संस्कृतिका लागि वैभवशाली छ। यहीका मन्दिरहरूमा ३३ कोटी देविदेवता भेटिन्छन्,’ उनले भने। राष्ट्रपति पौडेलले बालकुमारी मन्दिर पुनर्निर्माण हुनु प्रशंसनीय काम भएको बताउँदै ललितपुरमा रहेका पार्टी पौवा, मन्दिरको पुननिर्माण गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय काम गरेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार