कांग्रेसले चाईनाको ऋण अस्वीकार गर्दा नयाँ गठबन्धन बन्यो : महेन्द्र यादव

२०८० फाल्गुन ३०, बुधबार

जनकपुरधाम : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चीनले नेपालको दक्षिणसम्म वन वेल्ट वन रोड ऋण दिएर बनाउन खोज्दा कांग्रेसले अस्वीकार गरेपछि बामपन्थीहरुले नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् ।

धनुषाको लक्ष्मीनियाँ गाँउपालिकाको लक्ष्मिनियाँ बजारस्थित नव निर्मित शहिद कामेश्वर कुशेश्वर स्मृती प्रतिष्ठानको भवनको समुदघाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले नेपाललाई ऋृणमा डुबाएर श्रीलंका जस्तै कब्जा गर्न चाहने मनशायका साथ चाईना नेपालमा पनि ऋण मुलक आयोजना ल्याउन चाहेको र कांग्रेसले अवरोध गर्दा आज नयाँ सरकार बनेको बताए। उनले आफुहरु देशको अर्थतन्त्र डमाडोल रहेको अवस्थामा ऋृण भन्दा पनि अनुदान सहयोगमा विदेशी आयोजना लागु गर्नुपर्ने पक्षमा रहेको बताए ।

उनले वर्तमान सरकार बढीमा छ महिनासम्म टिक्ने दावी गरे । प्रतिष्ठानका अध्यक्ष समेत रहेका यादवले भने, ‘म आज भन दिदै छु, हुन त सत्ताधारीहरुनै एक महिना मात्र भनिरहेको छ तर बढिमा छ महिना भन्दा टाढा जान यो सरकार सक्दैन ।’ उनले अव देशमा दुई समुह मात्र रहने बताए । बामपन्थी र लोकतान्त्रिक शक्ति दुई गठबन्धनले मात्र देशको हित रहेको बताउँदै उहाँले जसपा, नेकपा एस जस्ता पार्टीहरुको पतन निश्चित रहेको बताए ।

बारामा उपेन्द्र यादवलाई जिताएर भुल भएको बताउँदै उनले कांग्रेसको भोट लिएर आज मन्त्री भएका उपेन्द्र यादवको पतन हुने चेतावनी दिए । त्यसअघि बोलेका पार्टी मधेश सभापति कृष्ण यादवले माधव नेपाल बिना पैसा खर्चा कांग्रेसको २३ हजार मत लिएर जितेको र अहिले घात गरेको आरोप लगाउँदै विरोध जनाइरहँदा सह महामन्त्री यादवले माधव नेपाल तत्कालि मजबुर रहेकाले विरोध नर्गन आग्रह गरे ।

कांग्रेस मधेश सभापती कृष्ण यादवले रौतहटबाट माधव नेपाल र बाराबाट उपेन्द्र यादवलाई जिताएर कांग्रेसले ठुलो भुल गरेको बताए । नेपाल बिना पैसा, कम समय र बिना तनाव कांग्रेसको मतमा जितेको, बारामा कुनै पनि साथीले मत दिने पक्षमा नरहेपनि आफुहरु गठबन्धनका लागि खुट्टा ढोगेर उपेन्द्र यादवलाई जिताएको भन्दै उनले ठुला धोका पाएकाले मधेशमा ति दलहरुको पत्ता साफ हुने बताए ।

उनले जसपाको सरकारका कारण मधेशले छ वर्षमा केहि पनि नपाएको र नपाउने दावी गरे । २०२९ सालमा नयाँ शिक्षा ऐनको विरोध गर्दै गर्दा प्रहरीको गोलीवाट मारिएका धनुषाका नेविसंघका नेताहरु शहिद कामेश्वर कुशेश्वरको स्मरणमा सो भवन बनाइएको छ । कार्यक्रममा प्रदेश सांसद राम सरोज यादव, केन्द्रिय सदस्य मिनाक्षी झा, प्रदेश सांसद कुमरकान्त झा, शेषनारायण यादव, अंजना पण्डित, महोतरी सभापति नागेन्द्र प्रसाद यादव, नेताहरु जिवनाथ चौधरी, कृष्णा सिंह, राजकिशोर राउत सहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार