फास्ट ट्रयाकमा सुरुङ खन्ने काम धमाधम

२०८० चैत्र २, शुक्रबार

मकवानपुर : मुलुकको विकासमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको र राष्ट्रिय गौरवको आयोजनका रूपमा रहेको काठमाडौं–तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक)मा सुरुङ खन्ने काम धमाधम भइरहेको पाइएको छ।

विभिन्न चुनौती र समस्याका बाबजुद सुरुङ मार्ग खन्ने, सडक तथा पुलहरू बनाउने काम धमाधम भइरहेको हो। नेपाली सेनाको निर्माण व्यवस्थापनमा सञ्चालन भइरहेको रणनीतिक महत्वको फास्ट ट्रयाकमा कामहरू धमाधम भइरहेको भए पनि विभिन्न समस्याका कारण आयोजना निर्धारित समयमा सम्पन्न गर्न भने चुनौती देखिएको छ।

नेपाली सेनाको प्रभावकारी अनुगमनमा सुरुङ खन्ने, सडक बनाउने र पुलहरू बनाउने काम भने तीव्र गतिमा भइरहेको देखिन्छ। साथै निर्माणस्थलमा प्रयोग गरिएका सामानहरूको गुणस्तरीयतामा विशेष ध्यान दिएको समेत देखिन्छ। यद्यपि, निर्माणस्थलमा स्थानीयको मुआब्जा विवाद, सो विवाद समाधानमा राजनीतिक नेतृत्ववाट गरिएको बेवास्ता, ठेकेदारबीचको द्वन्द्वका कारण उत्पन्न अदालती समस्या र मुद्दा लम्बिने प्रक्रिया, केन्द्रबाट रूख कटान गर्न दिने अनुमति र स्वीकृतिमा चरम ढिलाइ तथा निर्माणस्थलमा निर्माणजन्य सामग्रीको अभावका कारण आयोजनाले थप चुनौती भोग्नुपरिरहेको देखिन्छ।

यस्ता समस्या समाधान गर्न सम्बन्धित पक्षले विशेष ध्यान दिन नसक्दा फास्ट ट्रयाकले अपेक्षित गति लिन नसकेको बताइएको छ। यद्यपि, कतिपय ठेक्का प्रक्रियामा भने प्रश्न सिर्जना भइरहेका छन्। ठूलो महत्व बोकेको राष्ट्रिय गौरवको आयोजना भएकाले यसको ठेक्का प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र वैज्ञानिक बनाउन जरुरी देखिएको छ।नेपाल समाचारपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार