काठमाडौं : काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ ।
गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले बताए । उनले भने,`आज बिहान मर्निङवाक गर्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे ।’ थेवेका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेकाे हुनसक्ने देखिएकाे छ । थप अनुसन्धान भइरहेकाे उनले बताए ।





