काठमाडौं : ललितपुरको महालक्ष्मीस्थानमा एक जना महिलाको शव भेटिएको छ ।
एउटा होटलमा काम गर्ने महिला मृत अवस्थामा भेटिएको खबर आएपछि जिल्ला प्रहरी परिसर, ललितपुरको टोली घटनास्थलमा पुगेको एसएसपी शेखर खनालले बताए। एसएसपी खनालले तेह्रथुम घर भएकी ३४ वर्षीया अन्जु लिम्बुको शव रहेको बताए । उनी एकान्त कुनाको रामेछाप भोजनालयमा काम गर्दै आएकी थिइन् ।
उनका अनुसार, शव केही दिनअघिबाटै त्यहाँ रहेको जस्तो देखिएको छ । ‘एउटा कोठा भाडामा लिएर बस्नुभएको रहेछ, दुई/चार दिन अगाडि नै मृत्यु भएको जस्तो देखिन्छ’, खनालले भने, ‘थप अनुसन्धान सुरु गरेका छौं ।’ विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।





