काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय





