माओवादी नेता कालीबहादुर खाम पक्राउ

२०८० चैत्र २०, मंगलवार

काठमाडौं : सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो।

माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। खामलाई पक्राउ गरिएको एसपी नवराज अधिकारीले  जानकारी दिए।

उनीमाथि २०६५ वैशाख १५ मा व्‍यापारी श्रेष्ठको हत्या गरेको आरोप छ। उक्त मुद्दामा उनी फरार रहँदै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार