काठमाडौँ : भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दिल्ली क्यापिटल्स र कप्तान ऋषभ पन्तलाई दण्डित गर्दै लाखौँ रुपैयाँ जरिवाना तोकेको छ। जारी इन्डियन प्रिमियर लिगमा आचारसंहिता अनुसार टिम र टिमका कप्तान दुबैमाथि बीसीसीआइले जरिवाना तोकेको हो।
आईपीएलको यस सिजनमा लगातार दोस्रो पटक स्लो ओभर रेटका कारण पन्तमाथि २४ लाख भारतीय रुपैयाँ र दिल्ली क्यापिटल्सको प्लेइङ्ग ११ का खेलाडीमाथि जरिवाना तोकिएको हो।
प्लेइङ्ग ११ का खेलाडीमाथि ६ लाख वा खेलाडीको म्याचको फिस अनुसार २५ प्रतिशत रकम तिर्नुपर्ने हुन्छ। यसअघि दिल्लीले चेन्नई सुपर किङ्ग्सविरुद्धको खेलमा पनि स्लो ओभर रेटका कारण १२ लाख जरिवाना तिरेको थियो।





