पाँचै दिन घट्यो सेयरबजार

२०८० चैत्र २२, बिहीबार

काठमाडौँ : सेयरबजार पाँचै कारोबार दिन घटेको छ। बिहीबार पनि नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकिएको हो। यसअघि बुधबार ३.४३ अंकले, मंगलबार १.८५ अंकले, सोमबार ६.२६ अंकले र आइतबार १७.३० अंकले बजार घटेको थियो।

अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम भने केही वृद्धि देखिएको छ। साताको अन्तिम कारोबार दिन ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको ५। ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता बिक्रीपछि उक्त परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ।

योसँगै आजको कारोबारमा सामेलमध्ये १०६ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। बिहीबार फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार सूचक हरियो छन् भने बाँकी सूचक राताम्य छन्।

तालिकामा हेर्नुहोस् शीर्ष ५ सेयर कारोबार

सर्वाधिक बढेका ५ सेयर

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
मानुषी लघुवित्त १०९७.८० १०
मनकामना स्मार्ट लघुवित्त ९४९ ९.९९
गुराँस लघुवित्त १९७६ ९.९७
तारागाउँ रिजेन्सी होटल ८८० ९.९०
विन नेपाल लघुवित्त १५३० ९.२१

सर्वाधिक घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
पिपल्स पावर लि ५६४ ७.२४
सर्वोत्तम सिमेन्ट ८४३.१० ५.८५
रिभर फल्स पावर ३७५ ४.०९
इमर्जिङ नेपाल लि ७४८.२० ३.४६
तेह्रथुम पावर कम्पनी ४९९.९० ३.३१

सर्वाधिक कारोबार भएका ५ सेयर

कम्पनी कारोबार रकम (रु)
गुर्खाज फाइनान्स २३३२९१६१२
शिवम् सिमेन्ट १८३८६७४००
सर्वोत्तम सिमेन्ट १८२४७१५५६
सूर्यज्योति लाइफ इन्स्योरेन्स ६२३०४०४३
सोनापुर मिनरल्स ६०२९३८५३

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार