पाथीभरामा तीर्थयात्रीको घुइँचो, एकै दिन ८ हजारले गरे दर्शन

२०८० चैत्र २४, शनिबार

ताप्लेजुङ : ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै आठ हजार भक्तजनले मन्दिरको दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जनाले मन्दिरको दर्शन गरेका हुन्। यो संख्या यो सिजनकै सबै भन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। पाथीभरामा असोज देखि यता एक सिजन र फागुन देखि यताको एक सिजन गरी मुख्य दुई सिजन मानिन्छ।

मन्दिरको दर्शन गर्न यहाँ बाह्रैमास उल्लेखित संख्यामा तिर्थालु आउने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार