पोल्ट्रीफार्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु

२०८० चैत्र २४, शनिबार

धनकुटा : धनकुटामा लेदोले भरिएको खाडलमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका –१० मार्गास्थित बिजय पोल्ट्रीफार्मले फोहोर फाल्न बनाएको खाडलमा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा नगरपालिका –१० बस्ने ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका –९ बस्ने १५ वर्षीय दिपेश ओझा रहेको प्रहरीले जनाएको छ । दिपेस भने एसइई दिएर विदा मनाउन मार्गा आएका थिए ।

बिहान खाना खाएर घरबाट निस्किएका उनीहरु दिउँसो मृत फेला परेका थिए । किन र कसरी उनीहरुको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

स्थानीयले भने फर्मको लापर्बाहीका कारण दुर्घटना भएकाले घटनास्थलमा बिरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार