सबैभन्दा धेरै भोट पाएको व्यक्तिमाथि लगाइएको आरोप स्वीकार्दैनौँ : सन्तोष परियार

२०८० चैत्र २६, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले लगाएको आरोप स्वीकार्न नसकिने बताएका छन्।

संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले राखेको बैठक निष्कर्षविहीन भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै सहकारी प्रकरणमा जोडेर मिथ्या आरोप लगाएर फसाउन खोजेको उनको आरोप छ।

उनले भने – उहाँहरूले समिति बनाउनुपर्छ भन्ने कुरा बैठकमा राख्नुभयो। विषयवस्तु के सत्य तथ्य के ? भन्ने कुरा नबुझी मिथ्या आरोपको भरमा समिति नै चाहिन्छ भन्ने यो कुटिल चाल हो। उहाँहरूले समिति बनाइदिनुस्, तपाईँहरू नै नेतृत्व गर्नुस्, बस्नुस् भन्नुभएको छ। त्यो कहाँबाट मिल्छ ?

हामीले हाम्रो नैतिकतालाई कहिले पनि बन्धक बनाएका छैनौँ। सत्य हो भने हामीले गर्नपर्ने काम कारबाही गर्छौँ। यो पार्टी देशको चौथो ठूलो पार्टी हो। जसले यो देशको सबैभन्दा ठूलो मत लिएर सार्वभौम संसदमा आएको छ। त्यस्ता व्यक्तिमाथि मिथ्या आरोपको भरमा उसको राजनीतिक, सामाजिक र आर्थिक अधिकारहरू, मानवअधिकार खारेज गर्नेकुरा नेपाली कांग्रेसजस्तो लामो लोकतान्त्रिक इतिहास भएको पार्टीले जुन गर्छ त्यो रास्वपाले स्वीर्कादैन।

सरकारको तर्फबाट प्रधानमन्त्री, एमालेको तर्फबाट विष्णु पौडेलसहित हामी सबैको एकमत छ समिति बन्दैन। बन्नु पनि हुँदैन। कोही मान्छेलाई नियतवश फसाउनलाई समिति बन्दैन। समिति नबनेपछि भोलिको सदन कसरी जान्छ भन्ने कुरामा हामी संवाद र लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छौँ। हामी कसैलाई निषेध गर्नुपर्छ भन्ने पक्षमा छैनौँ। भावनालाई जोडेर कसैलाई अपराधी करार गर्न सकिँदैन। जो मान्छे सहकारी प्रकरणमा कहीँ पनि जोडिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार