निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछ : विश्वप्रकाश शर्मा

२०८१ बैशाख ९, आईतवार

इलाम : नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताएका छन्।

शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको दाबी गरे।

‘इलामले अब परिवर्तन खोजेको छ। विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ।’ उनले भने ‘हामी राम्रोसँग चुनाव लडौँ। एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौँ। स्वस्थ ढंगले आलोचना मात्रै गरिराखेर लडौँ। नेपाली कांग्रेस पार्टी एक्लै चुनावमा रुख चिन्ह लिएर खडा छ। हाम्रो अनुभवले के भन्यो भन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ।’

इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका डम्बर खड्काले पहिचानको मुद्दामा नेपाली कांग्रेसले पूर्ण रुपमा सहयोग प्रतिबद्धता व्यक्त गरे। उनले नाम तोकिसकिएको कोशी प्रदेशलाई एक नम्बर प्रदेशको रुपमा अभिव्यक्त गर्दै आफूले पहिचानवादीको मुद्दा बोकेकाहरूको माग सम्बोधन गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाइसकेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार