ललितपुरका शिक्षकहरूले एसइई उत्तर पुस्तिका परीक्षण नगर्ने

२०८१ बैशाख ९, आईतवार

काठमाडौँ : ललितपुरका शिक्षक सङ्घ सङ्गठनहरूले पारिश्रमिक कम भएको भन्दै यसपटकको एसइई परीक्षाको उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण नगर्ने घोषणा गरेका छन् ।

आइतबार नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक सङ्घटनका उपाध्यक्ष प्रकाश घिमिरे, प्रगतिशील शिक्षक सङ्घटनका अध्यक्ष गोविन्द चिलवाल र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका सचिव शैलेश प्रधानले संयुक्त रूपमा परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो घोषणा गरेका हुन् ।

ध्यानाकर्षपत्रमा उनीहरुले समयानुकूल पारिश्रमिक वृद्धि नभएसम्म उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुने जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार