सुलीकोट : गोरखामा मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पालुङटार नगरपालिका–१० मिरकोटका ४५ वर्षीय अशोक गहतराज भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार शुक्रबार दिउँसो गोरखा आँबुखैरनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका– ११ को चौधकिलोमा गोरखा सदरमुकामबाट सिरानचोक गाउँपालिका– ७ नयाँ साघुतर्फ जाँदै गरेको बा १३ प ९३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक अशोक गहतराज गम्भीर भएर उपचारको क्रममा जिल्ला अस्पतातल गोरखाबाट रिफर गर्ने तयारी गर्दा गर्दै जिल्ला अस्पतालमा गोरखामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।
मृतक अशोक गहतराज पालुङटार नगरपालिका- १० मिरकोट धौखोलका स्थायी बसोबासी भएता पनि केही वर्षदेखि सिरानचोक गाउँपालिका– ७ नयाँ साघुमा सुनचाँदी व्यवसाय गर्दै आएका थिए। मृतकका श्रीमती सीता गहतराज भने जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।





