मतगणनाका लागि इलाममा सर्वदलीय बैठक बस्दै

२०८१ बैशाख १६, आईतवार

इलाम : इलामको निर्वाचन क्षेत्र नं. २ को मतगणना गर्नका लागि अहिले बिहान  सर्वदलीय बैठक बस्दै छ । मत पेटिका अबेर मात्र आई पुगे पछि बिहान सर्वदलीय बैठक बसेर उक्त बैठकको निर्णय अनुसार मतगणना सुरु गरिने भएको हो ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै राजनीतिक दल उम्मेदवार सहित सरोकारवालालाई ७ बजे सर्वदलीय बैठकका लागि बोलाइएको जानकारी दिए । उनले भने ‘७ बजेको बैठक पछि सबै प्रक्रिया पुरा गरेर गणना सुरु गर्न ११ बज्ने जनाएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले मतगणना स्थलमा सबै मतपेटिका आई पुगेको र उच्च सुरक्षा साथ मत पेटिका राखिएको जानकारी दिए । इलामको गौतम बुद्ध सभा हलका दुई स्थानमा मत गणना हुने छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तार बेरा गरी सिसी टिभी जडान गरिएको छ ।

इलाममा हिजो सम्पन्न उप निर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता मध्ये ६९ हजार दुई सय ८७  (५९ दशमलव ७९ प्रतिशत) मतदाताले मतदान गरेका छन् ।  इलाम २ मा स्वतन्त्र र राजनीतिक दलका  गरी १९ जना उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार