कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता

२०८१ बैशाख २३, आईतवार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच आइतबार भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच समसामयिक राजनीतिसहितका विषयमा छलफल भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद्मा निरन्तर अवरोध गरिरहेका बेला तीन नेता जुटेका हुन् । कांग्रेस आफ्नो अडानबाट पछि हटेको छैन । यस्तोमा आगामी वैशाख २८ गतेदेखि संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ ।

बजेट निर्माण, प्रदेश सरकार र विश्वविद्यालय लगायतबारे साझा धारणा बनाउन उनीहरू छलफलमा जुटेका बताइएको छ । संसद् अधिवेशन सुरु हुनुअघि नै राजनीतिक सहमति जुटाउने गरी प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेका छन् । तर कांग्रेसले लामिछानेमाथि छानबिनको अडान छाडेको छैन ।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा पनि प्रचण्डले यसबारे ब्रिफिङ गरेका थिए । उक्त बैठकमा सहभागी माओवादी सांसदले पार्टीमा छलफल गरेपछि मात्रै सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने ब्रिफिङ गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार