आफूमाथि छानबिन गर्न माग गर्दै पूर्वमन्त्री किरातीले दिए मन्त्री तामाङलाई पत्र

२०८१ बैशाख ३०, आईतवार

काठमाडौं : पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूमाथि छानबिनको माग गर्दै मन्त्री हितमान तामाङलाई पत्र बुझाएका छन्।

पशुपतिमा विद्युतीय उपकरणद्वारा नि:शुल्क शव दहन गर्ने कार्यक्रम आफू मन्त्री हुँदा अघि बढाइएको उल्लेख गर्दै उनले सोबारे सञ्चार माध्यमहरूमा आफूमाथि आरोपसहित रिपोर्ट आएकोले छानबिन गर्न किरातीले माग गरेका छन्।

‘समाचार प्रशारित गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको छ, उठाइएका विषय छानबिन गर्न समिति गठन गरी दूधको दूध पानीको पानी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरिदिनुहुन माग गर्दछु,’ आइतबार मन्त्री तामाङलाई भेटेर उनले उक्त व्यहोराको पत्र बुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार