डिआईजी सुरेन्द्र मैनालीले लिए प्रहरी सेवाबाट अवकाश

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौँ : नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीले  प्रहरी सेवाबाट अवकाश लिएका छन्।

उमेर हदका कारण उनले सेवाबाट अनिवार्य अवकाश लिएका हुन् । नेपाल प्रहरी शिक्षालयमा औपचारिक कार्यक्रम आयोजना गरी उनको बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा शिक्षालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले बिदाइ भएर गएका प्रहरी नायव महानिरीक्षकलाई शिक्षालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

मैनालीले समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु-व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको यस पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा हो भएको बताए । उनले प्रहरी संगठनमा करिब २८ बर्ष ०६ महिना १३ दिन सेवा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार