काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको यस पटकको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा आउँदो असारको दोस्रो साता प्रकाशन गर्ने तयारी गरिरहेको जनाएको छ।
बोर्डले यस पटक लिएको परीक्षामा विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक नल्याए शैक्षिक योग्यताको प्रमाणपत्रमा ननग्रेड लेखेर आउनेछ। यसको अर्थ विद्यार्थी फेल भएको मानिनेछ। ग्रेडिङ प्रणालीबाटै नतिजा प्रकाशन गरिने भएकाले शैक्षिक योग्यताको प्रमाणपत्रमा फेल वा पास लेख्न नमिल्ने भएकाले ननग्रेड लेखिने बोर्डले बताएको हो।





