नारायणगढ–मुग्लिन सडकमा एक्स्काभेटरमाथि ढुंगा खस्यो, अपरेटरको उद्धार जारी

२०८१ जेष्ठ १३, आईतवार

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजारनजिक तुइन खोलाआडमा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको छ । आइतबार बिहान नौ बजेतिर भएको उक्त घटनापछि उद्धार कार्य जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक्स्काभेटरभित्र अपरेटर पनि रहेको र उनको उद्धार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार