जनकपुरबाट करिब २ सय ५० किलोग्राम गाँजासहित तीन जना पक्राउ

२०८१ जेष्ठ १३, आईतवार

धनुषा : जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट करिब २ सय ५० किलो अवैध लागु औषध गाँजासहित ३ जना पक्राउ परेका छन् । सर्लाही हरिवन नगरपालिका-८ स्कुल टोल बस्ने ३० वर्षीय नेत्रबहादुर श्रेष्ठसमेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा.प्र०१-०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार