सशस्त्र प्रहरी निरीक्षकलाई सगरमाथा आरोहण गराएका शेर्पालाई सम्मान

२०८१ जेष्ठ १६, बुधबार

काठमाडौं : सशस्त्र प्रहरीको इतिहासमा पहिलो पटक सगरमाथा आरोहण गरेका सुरज पौडेलको आरोहण दलको नेतृत्व गरेका मिङ्मा डेविड शेर्पालाई सम्मान गरिएको छ। गत शनिबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा आरोहण दलका शेर्पा र आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेललाई सम्मान गरिएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहालले संयुक्त रुपमा सम्मान गरेका हुन्। सशस्त्र प्रहरीको इतिहासमै पहिलोपटक सगरमाथा आरोहण गरेका पौडेलललाई सो आरोहण दलको नेतृत्व गर्दै शेर्पाले सगरमाथाको सफल आरोहण गराएका हुन्।

यही जेठ ७ गते सशस्त्र प्रहरी बलको प्रतिनिधित्व गर्दै पहिलो पटक सगरमाथा आरोहण गरेका पौडेललाई शेर्पाको इलाइड एक्सपेड कम्पनीले आरोहण गराएको हो। उक्त कम्पनीको प्रवन्ध निर्देशक रहेका शेर्पा विश्वको आठ हजार मिटर भन्दा अग्ला आठवटै हिमाल आरोहण गर्ने कान्छा आरोहीको कीर्तिमानी कायम गरिसकेका सफल आरोहीसमेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार