काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २३ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २३ सय रूपैयाँले बढेर १ लाख ४० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ३० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १ हजार ९ सय रूपैयाँ कायम भएको छ ।





