काठमाडौँ : काठमाडौँ उपत्यकामा हावा हुरी, मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकामा हावाहुरीसहित वर्षा सुरु भएको हो। आकाशमा पानी पार्ने बादलको विकास भएकाले विशेष गरी उत्तर–पूर्वी भूभागमा हल्का वर्षाको भइरहेको उनको भनाइ छ।
यो प्रक्रिया अबको दुई घण्टासम्म रहने मौसमविद् झाको भनाइ छ। पानी सबै भूभागमा एकैनासको भने नपर्ने उनले बताए। अहिले बादल उत्तरबाट दक्षिणतर्फ सर्दै गएको छ।





