काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाकी सांसद तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलक्षित गरेको टिप्पणी भाइरल भएको छ ।
झापामा आफू निकट केही प्रतिनिधिसँगको कुराकानीमा अध्यक्ष ओलीले शिक्षामन्त्री सुमनाविरुद्ध छुद्र टिप्पणी गरेका थिए । उनले भनेका थिए– ‘नेपाल घुम्न आकी, विदेशको केटासँग बिहे गरिन् उतैतिर कता हो, नेपाल घुम्न आकी मन्त्री पो भइन !’ ओलीले टिप्पणी गरेको भिडिओ क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । प्रचार गर्नेहरूले ओलीको यो टिप्पणी सुमनालक्षित नै भएको दाबी गरिरहेका छन् ।





