भारतको लोकसभा चुनावमा राहुल गान्धीको अग्रता, नरेन्द्र मोदी पछाडि

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौं : भारतको लोकसभा चुनावको मतगणना जारी छ। कंग्रेस आईका नेता राहुल गान्धी यसपालि पनि केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीमा उम्मेदवार छन्। प्रारम्भिक चरणमा यी दुवै स्थानमा गान्धीले अग्रता लिएका छन्।

यता प्रधानमन्त्री समेत रहेका नरेन्द्र मोदी वाराणसीमा पछि परेका छन्। मोदी ९ बजे कंग्रेसका अजय राईसँग १० हजार भोटले पछि परेका थिए। ९ बजेर ३९ मिनेटमा ४ हजार मतले पछि परेका थिए। पछिल्लो अपडेट अनुसार उनी १ हजार ६ सय मतले पछि परेका छन्।

यहाँ उनी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए। राय अघिल्लो दुई निर्वाचनमा मोदीसँग पराजित हुँदा तेस्रो स्थानमा थिए। २०१९ मा समाजवादी पार्टीकी सालिनी यादवले दोस्रोस्थान हासिल गरेकी थिइन्।

सन् २०१४ मा मोदीले ५ लाख ८१ हजार भन्दा बढी मत पाएका थिए। त्यतिबेला आम आदमीका अरबिन्द केजरीवालले २ लाख भन्दा बढी मत पाएका थिए। अजय रायले करिब ७५ हजार मत मात्रै पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार