प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट

२०८१ जेष्ठ २२, मंगलवार

कुश्मा : पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.र लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.बीच प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच हार्नेस जिपलाइनको तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्टको तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंकको तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विधुतीय माध्यम द्घारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकि एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार