काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ४२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १८ सय २५ रूपैयाँ कायम भएको छ ।





