सामुदायिक विद्यालयलाई ७ दिनभित्र भाडाका सटर खालि गराउन काठमाडौँ महानगरको अल्टिमेटम

२०८१ जेष्ठ २८, सोमबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिनभित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खालि गर्न निर्देशन दिएको हो ।

७ दिनभित्र व्यावसायिक प्रयोजनका सटरहरू खालि नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ । अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौँ महानगरपालिका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए । उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताए ।

सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरूलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरूका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको उनले बताए । महानगरले आइतबारदेखि यस अभियान अघि बढाएको हो । यो अभियानले साँघुरो भएको विद्यालयहरूलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार