गायक योगेश्वर अमात्यको जग्गाको कागजात किर्ते गर्ने फरार दुई जना पक्राउ

२०८१ जेष्ठ ३२, शुक्रबार

काठमाडौं : गायक योगेश्वर अमात्यको जग्गाको कागजात किर्ते गरी ठगेको मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। बारामा रहेको १२ बिघा जग्गाको किर्ते कागजात बनाएर १९ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २०७८ कात्तिकमा चार जनालाई पक्राउ गरेको थियो। त्यसमा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका-४ जावलाखेलबाट बिहीबार ४२ वर्षीय उविन्द्रराज शाक्य र ५५ वर्षीया शोभा शाक्यलाई पक्राउ गरेको हो। २०७८ साउन ११ गतेको रजिष्ट्रेशन लिखतबाट डेनियल ट्रेडिङ कम्पनी प्रालिका नाममा हक हस्तान्तरण गरी कुमारी बैंक न्युरोड शाखामा धितो पेश गरी १९ करोड रुपैयाँ बराबरको कर्जा लिएको खुलेको थियो।

पक्राउ परेकामाथि लिखत सम्बन्धी कसुरमा सिआइबीले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार