टेलिकम कार्यालयमा करेन्ट लागेर मजदुरको मृत्यु

२०८१ असार ६, बिहीबार

जनकपुरधाम : सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा ज्याला मजदुरीमा काम गर्ने एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको बरहथवा नगरपालिका-१० बस्ने २१ वर्षीय आवोध ठाकुर रहेका छन् । बिहीबार बिहान सवा ११ बजे सर्लाहीको बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लागेर आवोध र उनको भाइ १९ वर्षीय आनन्द ठाकुर घाइते भएका थिए । दुबैजनालाई एडभान्स सञ्जिवनी अस्पताल बरहथवामा भर्ना गरिएको थियो ।

उपचारको क्रममा आबोध ठाकुरलाई चिकित्सकले मृत  घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतकका भाई आनन्द ठाकुरको उपचार भइरहेको र अवस्थ सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार