बाबुलाई खुकुरी हान्ने छोरा पक्राउ, अवस्था गम्भीर

२०८१ असार ७, शुक्रबार

म्याग्दी : बेनी नगरपालिका–३ भकिम्लिका ४१ वर्षीय कविराम घर्तीलाई आफ्नै छोराले धारिलो हतियार प्रहार गर्दा घाइते भएका छन् ।

शुक्रवार बिहान २२ वर्षीय छोरा मिलन घर्तीले धारिलो हतियार प्रहार गर्दा कविरामको घाँटी र ढाडमा गम्भीर चोट लागेको बेनी अस्पतालले जनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते अवस्थामा रहेका कविरामको उपचार बेनी अस्पतालमा सम्भव नहुने भनिएपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

हतियार प्रहार गर्ने मिलन घर्तीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार