जीबीलाई मलेसियाबाट ल्याउने कोसिस जारी छ : गृहमन्त्री लामिछाने

२०८१ असार ७, शुक्रबार

चितवन : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको र नेपाल ल्याउने प्रयास भइरहेको दोहोर्‍याएका छन् ।

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा गृहमन्त्री लामिछानेले राईलाई स्वदेश ल्याउन मलेसियाका गृहमन्त्रीसँग आफ्नो संवाद भइसकेको तर सुपुर्दगी सन्धिलगायत विभिन्न कारणले तत्काल ल्याउन नमिलेको बताएका हुन् ।

गृहमन्त्री लामिछानेले यसअघि पनि राई मलेसियामा रहेको बताएका थिए । पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई ‘पहिले राजकुमार चेपाङलाई मलेसियाबाट ल्याइएको थियो भने जीबीलाई ल्याउन किन गाह्रो परेको हो’ भनेर प्रश्नसमेत गरेका थिए ।जवाफमा गृहमन्त्री लामिछानेले ‘विषय फरक हुन्छ, ठाउँ एउटै भए पनि व्यक्ति फरक हुन्छ, परिस्थिति फरक छ’ भन्ने प्रतिक्रिया दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार