कावासोती : नवलपुरको बुलिङटारमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
बुलिङटार –५, सान्डाँडाबाट खहरेतर्फ जाँदै गरेको लु ५ त ६५९ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँका १८ वर्षीय बिरमाया सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले खेतमा धान लिन जाने क्रममा ट्याक्टरमा सवार बिरमाया सारु ट्याक्टरबाट खसेको र सोही ट्याक्टरको पछाडिको चक्काले किचेर ज्यान गएको बताए ।
ट्याक्टरका साहु सम्पर्कमा आएको र चालक फरार रहेको उनले बताए ।





