प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता

२०८१ असार ११, मंगलवार

काठमाडौं : प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौता कार्यक्रममा विशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघरसम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो। स्तनसम्बन्धी क्यान्सरका डा.प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा.अनु बज्राचार्यले चेतना मुलक सन्देश प्रस्तुत गरेकी थिइन्।समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो।

बैंकले देशभर ३०७ शाखा, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार