काठमाडौं : मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।
ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै उनको घरको पर्खाल भत्काएको हो । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ ।
तर स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।





