ओली निवास बालकोटको सुरक्षार्थ खटिएका एपीएफका इन्स्पेक्टरको मृत्यु

२०८१ असार २२, शनिबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।

आज बिहान ५ बजे सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो ।

भक्तपुर अस्पताल पुयाइएलगतै चिकित्सकले मृत घोषणा गरेको हो । ४३ वर्षीय इन्स्पेक्टर थापाकाे हृदयघात भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए ।

अस्पतालले हृदयघातको कारण मृत्यु भएको भनेको छ । पोस्टमार्टम रिपोट नआइ थप भन्न सकिन्न । उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार