महाकाली नदीमा पानीको बहाव उच्च

२०८१ असार २३, आईतवार

धनगढी : लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार ९१६ क्युसेक पुगेकाले सवारीसाधनको आवागमनमा रोक लगाइएको जानकारी दिए ।

शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार