काठमाडौं : सोमबार छापावाल सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य २०० रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ कायम भएकोमा आज २०० रूपैयाँले बढेर १ लाख ४६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँ २ सय कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ७५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १८ सय ८५ रूपैयाँ कायम भएको छ ।





