बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

२०८१ असार ३१, सोमबार

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छ्न् ।

साझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सत्ता छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका हुन् । सत्तारुढ दलको नेताहरुसँग आज भएको छलफल पश्चात मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने फाइनल भएको हो ।

सोमबार बिहान मुख्यमन्त्री जम्कट्टेलले साझेदर दल एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका संसदीय दलको नेतहरुसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार