सौर्य एयर दुर्घटनाका घाइते पाइलटको मेरुदण्डको अपरेसन हुँदै

२०८१ श्रावण ९, बुधबार

काठमाडौँ : बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यको मेरुदण्डको अपरेसन गरिने भएको छ। विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो। पाइलट शाक्य भने बाँच्न सफल भएका थिए। उनलाई लगत्तै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) को आकस्मिक कक्षमा लगेर उपचार थालिएको थियो।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, उनको मेरुदण्डको अपरेसन हुने भएको छ। ‘शरीरका विभिन्न ठाउँमा घाउचोट छन्। कतै जलन भने छैन। मेरुदण्डको अपरेसन गरिँदै छ,’  चिकित्सकले भने। उनका शरीरका केही परीक्षणहरूको रिपोर्ट आउन बाँकी छ। उनी बोल्न सक्ने अवस्थामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार