बाढीले बगाउँदा हाइड्रोमा कार्यरत २ जना मजदुर बेपत्ता

२०८१ श्रावण १६, बुधबार

भोजपुर : भोजपुरको सिल्पा सिलिचो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ ।

बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको भोजपुर प्रहरीले जनाएको छ । राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको भोजपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिम्सिनाले बताए । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् ।

यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार