आज पनि सुनको मुल्यमा भारी वृद्धि

२०८१ श्रावण १७, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ८० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार