काठमाडौं : नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।





